निजी क्षेत्रमाथि वित्तीय क्षेत्रको दाबी ५९ खर्ब ६६ अर्ब
काठमाडाैं, १४ असार । निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कुल कर्जा करिब ६० खर्ब रुपैयाँ बराबर पुगेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थाको एकीकृत वासलातका आधारमा तयार पारेको वित्तीय क्षेत्र सर्वेक्षण अनुसार वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५९ खर्ब ६६ अर्ब पुगेको हाे ।
वित्तीय क्षेत्रको दाबी कुल आन्तरिक दाबी जीडीपीको १२१.७ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आव दोस्रो त्रैमासम्मको वित्तीय क्षेत्र सर्वेक्षणले वित्तीय क्षेत्रको कुल आन्तरिक दाबी ६९ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । २०८० असार मसान्तमा ६८ खर्ब ४० अर्ब ६८ करोड रहेको ६ महिनामा १.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।