Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

संघीय सरकारको सञ्चित कोष २ खर्ब १६ अर्ब घाटामा

संघीय सरकारको सञ्चित कोष २ खर्ब १६ अर्ब घाटामा

काठमाडाैं, १५ असार । संघीय सरकारको सञ्चित कोष २ खर्ब १६ अर्ब घाटामा देखिएको छ। बिहीबार राष्ट्रियसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वर्षमान पुनले संघीय सञ्चित कोष २ खर्ब रुपैयाँभन्दा बढीले घाटामा रहेको जानकारी दिएका थिए ।

उनले प्रदेश र स्थानीय तहमा २ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी रकम रहेकाे र प्रदेश र स्थानीय तहमा रकम पठाउने, खर्च नहुने स्थिति रहेकाे बताएका थिए । संघीय कोष घाटामा भए पनि  प्रदेश र स्थानीय तह नाफामा छन् यसरी देशभरको कोषमा हेर्दा घाटामा नभएकाे उनकाे धारणा थियाे ।

सरकारले चालु आर्थिक वर्ष १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा साढे ११ महिनामा ६६.२४ प्रतिशत अर्थात ९ खर्ब ४२ अर्ब रुपैयाँ मात्र उठाउन सकेको छ।

ठूलो राजस्व लक्ष्य राख्दै बजेट बनाउँदा खर्चको मागसमेत बढ्ने हुँदा पछिल्लो केही वर्षयता संघीय सरकारको सञ्चित कोष निरन्तर घाटामा गइरहेको छ ।

यस्तै ४९ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक अनुदानको लक्ष्यमा अहिलेसम्म जम्मा ५.५२ प्रतिशत मात्र प्राप्त भएको छ।

यो वर्षको अन्त्यसम्ममा सञ्चित कोष घाटा अझै बढ्ने भएकाले आगामी वर्ष सरकारलाई कर्मचारीलाई तलब खुवाउन समेत साउनमै आन्तरिक ऋण उठाउनु पर्ने अवस्था आउने अनुमान गरिएकाे छ  । निरन्तर सञ्चित कोष घाटामा जाँदा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण अवस्थामा पुगेको देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x