झिनाे अंकले बढ्याे नेप्से, कारोबार ५ अर्ब ८ करोड नाघ्यो
काठमाडाैं, १८ असार ।बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से झिनाे अंकले बढेकाे छ । आज नेप्से ३.७९ अंक बढेर २१०४.२२ विन्दुमा अडिएको छ ।
नेप्सेसँगै कारोबार रकम समेत बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८ करोडको कारोबार भएकाे छ ।
आज काराेबार भएकाे बजारमा १०१ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स र व्यापार समूहका सूचकले ६ प्रतिशतले बढेका छन् ।