लक्ष्मी बैंकद्वारा गढीमाई मन्दिरमा सोलार जडान

काठमाडौं, २५ असार । लक्ष्मी बैंक लिमिटेड र बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित लक्ष्मी केयर्सको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको छ । बैंकले २० लाखको लागतमा १४ थान सोलार जडान गरेको जानकारी दिइएको छ ।
गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका निर्देशक विश्वकर्ण जैनले सोलार समितिलाई हस्तान्तरण गरेका थिए । यस्तै बैंकले बनेपा नगरपालिका क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम पनि गरेका भयो ।