Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडाैं, २८ असार ।प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक साथै डिबेञ्चर ट्रष्टीको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकले अंकित मुल्य रु.१,००० दरको ३०,००,००० कित्ताले हुने रकम रु.३ अर्ब बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १८,००,००० कित्ताले हुने रकम रु.१ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवर प्राइभेट प्लेसमेन्ट बाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात १२,००,००० कित्ताले हुन आउने रकम रु.१ अर्ब २० करोड ऋणपूँजी (सो मध्ये ५ प्रतिशत अर्थात ६०,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागेकाे हाे ।

उक्त क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x