७५.३३ अंकले बढ्याे नेप्से परिसूचक, १४ अर्ब ११ करोड माथिकाे काराेबार
काठमाडौं, ८ साउन । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५ सय ६३ दशमलव ४३ बिन्दुमा पुगेर बन्द भएको छ ।
आज कुल २२० कम्पनीको सेयर मूल्य बढेको छने १९ कम्पनीको मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ । आज सबै उपसमुह बढेका छन् ।
आज सेयर कारोबार रकम पनि बढेकाे छ । यस दिन कारोबार भएको बजारमा कुल ३ सय १३ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख माथिको सेयर कारोबार भएको छ ।
साेमबार ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ वटा कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । भने गणपति लघुवित्तको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।