Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

घटेन बैंकमा पैसा, बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

घटेन बैंकमा पैसा, बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडाैं, १९ भदाै । बुधबार पनि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउने भएको छ ।

२१ दिने निक्षेप संकलन उपकरणमार्फत सो रकम बैंकिङ प्रणालीबाट उठाउन लागेको हो । यो निक्षेप आज ३ बजेसम्म अनलाइन मार्फत बोलकबोल हुनेछ ।

भदौ १६ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ६४ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, यसै अवधिमा जम्मा ५१ खर्ब ९४ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंकहरुसँग ६ खर्बमाथि लगानीयोग्य पुँजी रहेको छ।

केन्द्रीय बैंकका अनुसार भदौ १६ सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ७८.९४ प्रतिशत मात्र सीडी रेसियो (कर्जारनिक्षेप अनुपात) कायम गरेका छन् । नियम अनुसार बैंकहरु सीडी रेसियो ९० प्रतिशतसम्म जान पाउछन् ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ केन्द्रीय बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *