Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

बैंकिङ प्रणालीबाट एकैपटक १०० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट एकैपटक १०० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडाैं,  ३० भदाै । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार फेरि एकैपटक १०० अर्ब रुपैयाँ तान्ने भएको छ।

केन्द्रीय बैंकले भदौ ३० गते २१ दिने अवधिका लागि १०० अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत संकलन गर्न लागेको हो । प्रकाशित सूचना अनुसा केन्द्रीय बैंकले आइतबार अपरान्ह ३ बजे बोलकबोल गर्ने भएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *