बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, ११ असोज । शुक्रबार सुनको मूल्य बढेको छ । विगत छ दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । यो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलमा ५०० रुपैयाँ बढेको छ । यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।