उद्योगमा बिजुली जोड्ने प्राधिकरणको निर्णय, १५ दिनभित्र बक्यौता नतिरे कानूनी प्रकृयामा जाने
काठमाडाैं, २८ कार्तिक । नेपाल विद्युत प्राधिकरणले सरकारको निर्देशन पालना गर्दै उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ ।
बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषदको उद्योगमा बिजुली जोड्ने निर्णयपछि ऊर्जा मन्त्रालयको पत्रअनुसार सञ्चालक समितिको बैठक बसेको र बोर्डले सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको बताएका हुन्।
यद्यपी अबको १५ दिनभित्र उद्योगीहरूसँग विद्युतकाे बक्यौता रकम कानुनसम्मत जुनसुकै हालमा पनि उठाउने र बक्याैता नतिरे कानूनी प्रकृयामा जाने बताएका छन् ।
‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ’उनले भने ।