राष्ट्रिय वाणिज्य बैकको चार शाखा थप

काठमाडौं, २८ असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चार वटा शाखा कार्यालय थप गरि सेवा सुरु गरेको छ । बैंकले मनाङ्ग जिल्लाको नेस्याङ्ग गाउंपालि, रौतहटको मौलापुर नगरपालिका, रौतहटकै इशनाथ गांउपालिका र मोरङ्गको कटहरी गाउंपालिमा शाखा कार्यालय संचालनमा ल्याएको हो ।
यो सँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या १ सय ९९ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए ।