तीन महिनामा ३.४ प्रतिशतले बढ्याे मुद्राप्रदाय, वैदेशिक सम्पत्ति कति ?
काठमाडाैं, ११ मंसिर । आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा विस्तृत मुद्राप्रदाय ३.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ३.० प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.१८४ अर्ब ९९ करोड (९.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. १०१ अर्ब ६६ करोड (७.० प्रतिशत) ले बढेको थियो।
समीक्षा अवधिमा सञ्चित मुद्रा ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.३ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा सञ्चित मुद्रा १५.१ प्रतिशतले बढेको छ ।