बोर्डको कार्यभार सम्हाल्दै नवनियुक्त अध्यक्ष श्रेष्ठले भनेः लामो समयदेखि रोकिएको आईपीओ चाँडै आउँछ
काठमाडाैं, १२ मंसिर । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बुधबार कार्यभार सम्हालेका छन् । सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै नव नियुक्त श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् ।
यस्तै उनले ठुलाे जिम्मेवारीका साथ आएको र बाेर्डमा थुप्रै चुनाैतिहरू रहेकाे उल्लेख गर्दै विद्यमान समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
यस्तै उनले लामो समयदेखि रोकिएको आईपीओ निष्काशन चाँडै सुरू हुने बताए ।आफ्नो कार्यकालमा लगानिकर्ताको हित र देशको अर्थतन्त्रमा योगदान दिने गरि बजारको विकास गर्ने उनको दाबी छ ।