Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

सुदूरपश्चिम प्रदेश सरकारको विकास बजेट खर्चको अवस्था दयनीय, ४ महिनामा साढे ६ प्रतिशत मात्रै खर्च

सुदूरपश्चिम प्रदेश सरकारको विकास बजेट खर्चको अवस्था दयनीय, ४ महिनामा साढे ६ प्रतिशत मात्रै खर्च

कैलाली, १४ मंसीर । विकास खर्च तर्फ सुदूरपश्चिम प्रदेश सरकारको अवस्था दयनीय देखिएको छ । विगतका आर्थिक वर्षहरुको जस्तै चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकसम्मको हालसम्म विकास तथा पुँजीगत खर्चको स्थिति दयनीय देखिएको हो ।

प्रदेश सरकारले चालु आर्थिक बर्षको हालसम्ममा कुल बजेटको ९.५१ प्रतिशत बजेट खर्च गरेको छ । त्यसमा विकास बजेटतर्फ ६.५१ प्रतिशत मात्रै खर्च हुँदा चालु तर्फ भने कुल १३.८१ प्रतिशत खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रकको कार्यालय धनगढीको तथ्याङ्क अनुसार सुदुरपश्चिम प्रदेश सरकारले प्रदेश सरकारले चालु आर्थिक बर्षको हालसम्ममा कुल बजेटको ९.५१ प्रतिशत बजेट खर्च गरेको छ । त्यसमा विकास बजेटतर्फ ६.५१ प्रतिशत मात्रै खर्च हुँदा चालु तर्फ भने कुल १३.८१ प्रतिशत खर्च गरेको छ ।

चालु आर्थिक वर्षमा विकास तर्फ १८ अर्ब ७६ करोड २४ लाख रुपैयाँ विनियोजन गरेकोमा पहिलो चौमासिकको हालसम्ममा १ अर्ब २३ करोड ३२ लाख ७ हजार रुपैयाँ मात्रै खर्च भएको छ । यो विकास बजेटको ६।५७ प्रतिशत मात्रै रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अघिकृत यज्ञराज पाण्डेयले जानकारी दिए ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा प्रदेश सरकारको विकास खर्चभन्दा चालुतर्फ बढी खर्च भएको छ । चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले एक अर्ब ६७ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । यो कुल विनियोजित बजेटको १३ दशमलव ८१ प्रतिशत हो । चालु आर्थिक वर्षमा प्रदेशमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट खर्च भएको देखिएको छ ।

मन्त्रालयले चालुभन्दा बढी विकास बजेट खर्च गरेको छ । १४ अर्ब ५९ करोड ९८ लाख ८४ हजार रकम विनियोजन भएकोमा मन्त्रालयले हालसम्ममा एक अर्ब २८ करोड ३९ लाख ४६ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रालयले चालुतर्फ १३ करोड ३ लाख ७६ हजार रुपैयाँ र विकास तर्फ १ अर्ब १५ करोड ३५ लाख ७९ हजार खर्च गरेको छ । प्रदेशमा सबैभन्दा कम बजेट खर्च प्रदेश सभा सचिवालयको रहेको छ । १८ करोड १७ लाख ८२ हजार रुपैयाँ विनियोजन भएकोमा सचिवालयले चार करोड ६२ लाख ९५ हजार खर्च गरेको छ । सचिवालयले चालुतर्फ चार करोड ४६ लाख ४५ हजार र विकासतर्फ १६ लाख ४५ हजार मात्रै खर्च गरेको छ । यस वर्ष ढिलो गरी मात्रै बजेट आउनुका साथै चाडपर्व र कर्मचारी सरुवा बढुवाका कारण समयमै बजेट कार्यान्वयनमा समस्या आएको प्रदेशको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सिद्धराज जोशीले बताए ।

सुदुरपश्चिम प्रदेश सरकारले हालसम्म आठ वटा बजेट ल्याउँदा हालसम्म कुनै पनि वर्षमा प्रदेश सरकारले सन्तोषजनक खर्च गर्न सकेको छैन । विषयगत मन्त्रालयले योजना सम्झौता, ठेक्का प्रक्रिया लगायतका कामहरू समयमै बढाउन नसकेको अवस्थामा आगामी दिनमा बजेट कार्यान्वयनको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउने आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सिद्धराज जोशीले जानकारी दिए।

प्रदेश सरकारले सुरुदेखि नै विकास खर्च अर्को वर्षबाट सुधार हुने बताउँदै आएकोमा अझै पनि सुधार भएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x