Date

बिहि, मंसिर २०, २०८१
Thu, December 5, 2024

नेपाल र चीनबीच सहयोग र सहकार्यसम्बन्धी आठ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच सहयोग र सहकार्यसम्बन्धी आठ सहमतिपत्रमा हस्ताक्षर

काठमाडाैं, १८ मंसिर । नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्ताको क्रममा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए ।

त्यसपछि दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता र हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x