Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

सेयर बजारमा पहिरो, नेप्से ४५.९३ अंकले घट्दा ७ अर्बको कारोबार

सेयर बजारमा पहिरो, नेप्से ४५.९३ अंकले घट्दा ७ अर्बको कारोबार

काठमाडाैं, २३ मंसिर । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारि गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४५ दशमलव ९३ अंकले घटेको छ ।

यसदिन बजार घटेसाथ कारोबार रकम पनि घटेको छ। गत बिहिबार ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार रूपैयाँ बराबरको कारोबार भएकोमा आज १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९९९ रूपैयाँको कारोबार भएको छ।

आज २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको घटेको छ । यस्तै ३ कम्पनीको स्थिर रहेको छ । आज सबै उपसमुह घटेका छन्।

यसदिन कुनैपनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने खानिखोला हाइड्रोपावरको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ।

यसैगरि आज मानुसी लघुवित्त बित्तिय, जीवन बिमा कर्पाेरेसंन, जाशी हाइड्रोपावरको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *