Date

सोम, पुस १५, २०८१
Mon, December 30, 2024

म्यान्मार, थाइल्याण्डलगायत मुलुक जाने तयारीमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन सरकारको आग्रह

म्यान्मार, थाइल्याण्डलगायत मुलुक जाने तयारीमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन सरकारको आग्रह

काठमाडाैं, ९ पुस । परराष्ट्र मन्त्रालयले वैदेशिक राेजगारी तथा अध्यनका लागि विदेश जाने तयारीमा रहेका नेपाली नागरीकका लागि ट्राभल एडभाइजरी सार्वजनिक गरेकाे छ । मन्त्रालयले म्यानमार, थाइल्याण्ड, कम्बोडिया, लाओस जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरीकलाई तीन बुँदे यात्रा सुचना जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको हो ।

पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरू देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईसहित अन्य मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक, याहुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडीमा लगी जबर्जस्ती अवैध कार्यमा लगाइएको पाइएको भन्दै सो सम्बन्धमा विगतमा पनि सचेत गराइएको सूचनामा उल्लेख छ ।

रोजगारदाताले राहदानी खोसिदिने, १२र१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या रहेको सूचनाहरू आएका जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याहुन र बैंककमा आवेदन गर्ने नेपालीको संख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिने जोसुकै व्यक्तिलाई विदेशमा पुर्‍याएर अलपत्र पार्ने, नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यस किसिमले क्रियाकलाप गर्ने-गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्य नगर्न÷नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा परराष्ट्र मन्त्रालयले अनुरोध छ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x