Date

शनि, पुस २०, २०८१
Sat, January 4, 2025

२१.१२ अंकले घट्याे नेप्से, साढे ५ अर्ब अर्बकाे काराेबार

२१.१२ अंकले घट्याे नेप्से, साढे ५ अर्ब अर्बकाे काराेबार

काठमाडौं, १४ पुस । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २१.१२ अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.८० प्रतिशतले घटेर २ हजार ६ सय ९ बिन्दुमा पुगेको छ।

यस दिन १ कराेड १० लाख ९९ हजार २३९ कित्ता सेयर ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजारमा कारोबार भएको छ । गत बिहिबार  २ कराेड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजारमा कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा ६९ कम्पनीको सेयर मुल्य बढेको छ भने १७२ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै २ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन महिला लघुवित्त वित्तीय संस्थाकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त बित्तीय संस्थाको  सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।

यस्तै आज सपाेर्ट माइक्राेफाइनान्स, नारायणी विकास बैंक, सप्तकाेशी डेभलाेपमेन्ट बैंक, जानकि फाइनान्स र सिन्धु विकास बैंककाे सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह बाहेक सबै समूहका उपसुचकहरु घटेका  छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x