पाँच वर्षमा कृषकहरूलाई १ खर्ब ७ अर्ब बढी अनुदान प्रवाह
काठमाडाैं, २८ पुस । कृषि तथा पशुपन्छी मन्त्रालयले पछिल्लो ५ वर्षमा १ खर्ब बढी अनुदान प्रवाह गरेकाे छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषकहरूलाई प्रवाह गरेको छ ।
जसबाट करिब १ करोड ९६ लाख कृषकहरू लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी उक्त रकम अनुदानमा प्रवाह भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार प्रत्यक्षतर्फ विगत ५ वर्षमा २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ अनुदान प्रवाह भएको छ भने अप्रत्यक्षतर्फ (अनुदानित रासायनिक मल) ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ प्रवाह भएको छ ।