नेप्सेमा सामान्य वृद्धि, २.४१ अंकले उकालो

काठमाडाैं, २१ माघ । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २.४१ अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.०८ प्रतिशतले बढेर २ हजार ७ सय ३० बिन्दुमा पुगेको छ ।
यस दिन २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजारमा कारोबार भएको छ ।आइतबार २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजारमा कारोबार भएको थियो ।
बजारमा ९७ कम्पनीका सेयर मूल्य बढ्दा १३७ कम्पनीका सेयर घटेका छन् भने ८ कम्पनी स्थिर रहे।
यस दिन उपकार लघुवित्त वित्तीय संस्था र भुगाेल ऊर्जा विकास कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सनराइज फोकस्ड इक्विटी फण्डकाे सेयर मुल्य ९.०२ प्रतिशतले बढेको छ ।
यस्तै आज हरित विकास बैंक लिमिटेड र रिभर फल्स पावर लिमिटेडकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छैन ।