आइतबार नेपाली बजारमा सुनको मूल्यमा बढोत्तरी, चाँदीको मूल्य घट्यो
![आइतबार नेपाली बजारमा सुनको मूल्यमा बढोत्तरी, चाँदीको मूल्य घट्यो](https://arthakoartha.com/wp-content/uploads/2023/02/Gold_Jewellery.jpg)
काठमाडाैं, २७ माघ । आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ भने चाँदीकाे मूल्य घटेकाे छ । शुक्रबार प्रतिताेला ४ सय रूपैयाँ घटेकाे सुनकाे मूल्य यसदिन प्रतितोला १ सय रूपैयाँ बढेकाे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ९ सय ६० मा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भएको थियाे ।