Date

बिहि, फाल्गुन १, २०८१
Thu, February 13, 2025

भक्तपुरमा मट्का बिर्यानीको हव वन्दै ओल्ड टाउन रेष्टुरेन्ट

भक्तपुरमा मट्का बिर्यानीको हव वन्दै ओल्ड टाउन रेष्टुरेन्ट

काठमाडाैं, १ फागुन । मट्का बिर्यानी ! सुन्ने बित्तिकै यसका पारखीको मुख नरसाई छाड्दैन । यसैका पारखीलाई सन्तुष्ट पार्दै आएको छ, भक्तपुरको सल्लाघारी दुवाकोट मोडस्थित ‘ओल्ड टाउन रेस्टुरेन्ट एण्ड कफी सप’ ले ।

भक्तपुरको घरदेखि अफिससम्म सस्तोमा हाइजेनिक खाना पुयाउने उद्देश्यले संचालनमा ल्याइएको ‘ओल्ड टाउन’ले बिरयानी, पिज्जा, बर्गर, पास्ता, खाना सेट, नान रोटी, मःम, चाउमिन, सेकुवा र थुक्पा जस्ता दर्जनौं परिकारहरुमा अर्गानिक स्वाद दिएर रेष्टुरेन्टको भिडमा छुट्टै ब्रान्ड बनाउन सफल भएको छ । तर पनि ओल्ड टाउन प्रख्यात छ, मट्का बिर्यानीमा । उसले यसलाई भक्तपुरभरि फ्री डेलिभरी पनि गरिरहेको छ ।

‘हामीले लामो समय बजार अध्ययन गर्यौं । सामान्य पसलदेखि पाँचतारे होटलसम्मका स्वाद चाख्यौँ,’ सञ्चालक भन्छन्, ‘सबैतिरको स्वाद उस्तै–उस्तै भेटियो । कतै त बिरयानी भनेर दिएको ठाउँमा हेर्दा मात्र बिरयानी देखिन्थ्यो स्वाद चाहिँ मासुभात मुसेर खाएको जस्तो मात्र ।’ यही भएर विशेष विरयानी बनाउने गरेको जनाएको छ ।

२५ लाखको लगानीमा रेस्टुरेन्ट खोलिएको जनाइएको छ । भक्तपुरलाई टार्गेट गरेर ४ बर्ष अघि फरक शैलीको रेस्टुरेन्ट संचालनमा ल्याएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x