Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

फागुन २६ र २७ गते काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

फागुन २६ र २७ गते काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

काठमाडौं, २४ फागुन । फागुन २६ र २७ गते काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना हुने भएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारी सिर्जनाका लागि नीति र कानुनमा सुधार गर्न सम्मेलन आयोजना गर्न लागेकाे हाे ।

मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भने, ‘हामीसँग उपलब्ध श्रमशक्तिको यथोचित उपयोग गर्न सकिएको छैन । मुलुकको आर्थिक र सामाजिक उन्नतिका लागि सिर्जनशील ढंगले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ। वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र पुँजीको यथोचित प्रयोग गर्न जरुरी छ । यी सबै विषयमा नयाँ ढंगबाट बहस गरी सुझाव लिन सम्मेलन गर्न लागिएको हो ।’

उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार खोज्न सम्मेलनले दिशानिर्देश गर्ने उनको भनाइ छ । अबको १० वर्षलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा काम गरिरहेकाे उनले बताए ।

रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई नियमन मात्रै नभई प्रवर्द्धनकारी भूमिकासमेत निर्वाह गर्नुपर्ने अवस्था देखिएको मन्त्री भण्डारीकाे भनाइ छ । ‘हाल उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र रोजगारी सृजना क्षेत्रमा लगानी न्यून छ । हाम्रो अर्थतन्त्र आयातमा आधारित बन्न पुगेको छ । नागरिकहरू स्वरोजगार र आन्तरिक रोजगारीभन्दा पनि वैदेशिक रोजगारमा आकर्षित भएका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा एकातिर उत्पादनशील र मर्यादित श्रमको विकास गर्नु छ । अर्कोतिर साना तथा मझौला उद्योग प्रतिष्ठानका लागि प्रभावकारी आर्थिक र मौद्रिक वातावरण बनाउनु छ ।’

सम्मेलनबाट आउने सुझावलाई श्रम मन्त्रालयले वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि रणनीतिक योजना बनाउन समावेश गरिने मन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *