Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

शेयरबजारमा देखिएन उल्लास, साताकाे दाेस्राे दिनपनि २०.६८ अंकले घट्याे नेप्से

शेयरबजारमा देखिएन उल्लास, साताकाे दाेस्राे दिनपनि २०.६८ अंकले घट्याे नेप्से

काठमाडाैं, २६ फागुन । नेपालको सेयर बजारमा आज(साेमबार) ठूलो गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अंकले घटेर २,७५१.४२ विन्दुमा बन्द भएको छ। यो गिरावट ०.७४ प्रतिशतको हो।

आजको कारोबारमा कुल ८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ करोड ५० लाख ९४ हजार ९१५  कित्ता सेयर किनबेच भएका छन् । हिजाे १० अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने २ करोड २२ लाख ७२ हजार २८३ कित्ता सेयर कारोबार भएकाे थियाे ।

बजारमा आज ४४ कम्पनीको सेयर मूल्य बढेको छ, भने १९१ कम्पनीको सेयर घटेको छ र ८ कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने नेस्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।

यस्तै आज कुनै पनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *