Date

बुध, चैत्र ५, २०८१
Wed, March 19, 2025

राष्ट्रियसभाको बैठक बस्दै, सहकारी विधेयक टबुल हुने

राष्ट्रियसभाको बैठक बस्दै, सहकारी विधेयक टबुल हुने

काठमाडौं, ६ चैत्र। संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ ।

कार्यसूचीअनुसार बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।

यस्तै, राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् । राष्ट्रियसभाका सचिवडा. सुरेन्द्र अर्यालले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवाप्रवाह सबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्ने छन् ।

त्यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ‘विधायनव्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x