Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता हुँदै, के छन् एजेण्डा ?

ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता हुँदै, के छन् एजेण्डा ?

काठमाडौं, ११ चैत्र । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता हुँदैछ ।

तीन शीर्ष नेताबीच अपराह्न ४ बजे सिंहदरबारमा भेट्ने कार्यक्रम रहेको रहेको हो । यो भेट विशेषगरी राजावादीहरुको पछिल्लो गतिविधि, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिलगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त हुनै बाँकी छ। त्यसका लागि सिफारिस समिति (सर्च कमिटी) समेत गठन हुन सकेको छैन। सिफारिस समितिमा सहमति जुटाउन तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *