Date

सोम, चैत्र १७, २०८१
Mon, March 31, 2025

सिमेन्ट र फलामे छड एमआरपी मूल्य राखेर बिक्री गरिनुपर्ने

सिमेन्ट र फलामे छड एमआरपी मूल्य राखेर बिक्री गरिनुपर्ने

काठमाडौँ, १३ चैत । सिमेन्ट उद्योगी र फलामे छड (डन्डी) उद्योगीलाई फ्याक्ट्री मै अधिकतम खुद्रा मूल्य (एमआरपी) राखेर बिक्री गर्नुपर्ने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै उद्योगीहरूलाई एक साताभित्र एमआरपी मूल्य राखेर मात्र बिक्री गर्न निर्देशन दिएको छ ।

मंगलबार विभागमा सिमेन्ट र फलामे डन्डीको मूल्य वृद्धिबारे छलफल थियो । उक्त छलफलमा मूल्य घटाउने भन्दा सिमेन्ट र फलामे डन्डी उद्योगीलाई एमआरपी मूल्य राख्न निर्देशन दिइएको र उद्योगीहरूले सहमति जनाएको विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताए ।
हिजो विभागमा उद्योगीहरूसँग सिमेन्ट र फलामे डन्डीको मूल्य बढाउनुको कारणबारे छलफल थियो । छलफलमा डन्डी र सिमेन्टमा मूल्य घटाउने भन्दा पनि अबदेखि सिमेन्टको बोरामा र फलामे छडको एमआरपी मूल्य राखेर बिक्री गर्न बजार पठाउने सहमति भएको थियो ।

दाहालका अनुसार फरक–फरक उद्योगीले आफ्नो उत्पादन लागतअनुसार फरक फरक मूल्य निर्धारण गर्न पाउने छन् । तर यसपछि उद्योगीहरूले जथाभाबी रूपमा मूल्य बढाउन नपाउने उनको तर्क छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x