Date

मङ्ल, चैत्र १८, २०८१
Tue, April 1, 2025

नेपालमै पहिलोपटक लिटमसको आल्मुनियम रड उत्पादन 

नेपालमै पहिलोपटक लिटमसको आल्मुनियम रड उत्पादन 

काठमाडौँ, १४ चैत । लिटमस इन्डस्ट्रिज लिमिटेडले आल्मुनियम रड उत्पादन सुरु गरेको छ । उद्योगले नेपालमै पहिलोपटक आल्मुनियम रड उत्पादन थालेको कम्पनीले दाबी गरेको छ ।

लिटमसले ‘लिटमस २.०’ अन्तर्गत नेपालको पहिलो आल्मुनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उद्योगको उद्घाटन गरे । नवलपरासीको रामग्राम हकुईमा अवस्थित यस उद्योगले नेपाली बजारमा हुने आल्मुनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै त्यसको उत्पादनमा आत्मनिर्भरतातर्फ लैजाने कम्पनीले जनाएको छ ।

हाल नेपालमा तार, केबल र कन्डक्टर निर्माणमा प्रयोग हुने आल्मुनियम रड आयातमार्फत पूर्ति हुँदै आएको छ । यस प्लान्टको सञ्चालनले आल्मुनियम रडको आयात परनिर्भरतालाई उल्लेख्य रूपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको आल्मुनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्ने कम्पनीको दाबी छ ।

लिटमस इन्डस्ट्रिजले उत्पादन थालेको आल्मुनियम रडले नेपालले व्यहोरि रहेको व्यापार घाटा न्यूनीकरणमा योगदान दिने कम्पनीको दाबी छ । लिटमस इन्डस्ट्रिज लिमिटेड तार, केबल र कन्डक्टर निर्माता कम्पनी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x