Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच महत्वपूर्ण समझदारी

नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच महत्वपूर्ण समझदारी

काठमाडौं, २० चैत्र । नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच महत्वपूर्ण समझदारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका समकक्षी पेतोङत्रान सिनावात्राको उपस्थितिमा आज बैंककमा भएको समझदारीपत्रमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल र थाई महासंघ अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरेका हुन् । दुई संस्थाबीच लगानीका अवसर सिर्जना गर्दै तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदान–प्रदान लगायतलगायत नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको हो ।

साे क्रममा परिसंघ अध्यक्ष अग्रवालले विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्यान्डको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x