Date

बुध, बैशाख ३, २०८२
Wed, April 16, 2025

प्रधानमन्त्रीको नेतृत्वमा आज मन्त्रिपरिषद्को बैठक, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको संभावना

प्रधानमन्त्रीको नेतृत्वमा आज मन्त्रिपरिषद्को बैठक, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको संभावना

काठमाडाैं, २५ चैत्र । प्रधानमन्त्रीको सचिवालयका अनुसार, आज (सोमबार) दिउँसो ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्नेछ। यस बैठकमा प्रधानमन्त्रीले थाइल्याण्डबाट फर्किएपछि पहिलोपटक मन्त्री परिषदको बैठकको नेतृत्व गर्दैछन्।

सूत्रका अनुसार, आजको बैठकमा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना छ। महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गते सकिएपछि नेपाल राष्ट्र बैंक अहिले नेतृत्वविहीन रहेको छ।

यद्यपि, बैठकको एजेन्डा भने अझै सार्वजनिक गरिएको छैन, जसले गर्दा अन्य विषयवस्तुमा पनि छलफल हुने अनुमान गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x