Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नयाँ वर्ष २०८२ को पहिलो दिन सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से २६.५५ अंकले उकालो

नयाँ वर्ष २०८२ को पहिलो दिन सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से २६.५५ अंकले उकालो

काठमाडाैं, २ वैशाख । नेपालको सेयर बजारमा आज (मंगलबार) वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५५ अंकले बढेर २६८८.६३ विन्दुमा बन्द भएको छ। यो वृद्धि ०.९९ प्रतिशतको हो।

आजको कारोबारमा कुल ८ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने २ कराेड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच भएका छन् । गत आइतबार ६ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ कराेड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच भएकाे थियाे ।

बजारमा आज २१२ कम्पनीको सेयर मूल्य बढेको छ, भने ३४ कम्पनीको सेयर घटेको छ र ० कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन काेर्पाेरेट डेभलाेपमेन्ट बैंक, ग्रिन डेभलाेपमेन्ट बैंक र सप्तकाेशी डेभलाेपमेन्ट बैंककाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल माइक्राे इन्सुरेन्स कम्पनिकाे सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै आज कुनै पनि संस्थाकने सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज ट्रेडिंग उपसुचक बाहेक सबै उपसुचकहरू बढेका छन् भने म्युचुअल फण्ड उपसुचक स्थिर रहेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x