Date

सोम, जेष्ठ २६, २०८२
Mon, June 9, 2025

राष्ट्र बैंकको गभर्नर बन्न राजीनामा दिएका डा. भट्टलाई झड्का, सर्वोच्चमा रिट दर्ता

राष्ट्र बैंकको गभर्नर बन्न राजीनामा दिएका डा. भट्टलाई झड्का, सर्वोच्चमा रिट दर्ता

काठमाडौं, ५ बैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् । मुद्धाको पेसी आइतबार तोकिएको छ ।

राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाका बीच भट्टले शुक्रबार मात्रै राजीनामा बुझाएका हुन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

भट्टलाई गभर्नर बनाउन सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भइसकेको पनि चर्चा चलेको थियो ।

यद्यपि, गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन भएको छ । उक्त समितिले नाम मन्त्रिपरिषद्‌मा पेस गरेपछि मात्रै औपचारिक निर्णय हुनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *