Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

९ महिनामा वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २४ करोड, अग्रस्थानमा नबिल बैंक हुँदा अन्यको कति ?

९ महिनामा वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २४ करोड, अग्रस्थानमा नबिल बैंक हुँदा अन्यको कति ?

काठमाडौं, ७ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले सवा ४१ अर्ब बराबरको नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा वाणिज्य बैंकहरुको नाफा ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

९ महिनाको अवधिमा बैंकहरूको नाफामा न्यून वृद्धिदर देखिएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा १.४० प्रतिशतले बढेको छ।

नेपाल बैंकले सबैभन्दा उच्च नाफा वृद्धिदर हासिल गरेको छ । बैंकको नाफामा २०३२.८ प्रतिशतको उछाल देखाएको छ । बैंकले २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । कुल नाफाको हिसाबमा भने नबिल बैंक अगाडि देखिएको छ । नबिलले ५ अर्ब ५ करोड रुपैयाँ नाफा कमाउँदै सबैभन्दा धेरै नाफा गर्ने बैंक बनेको छ । नबिलको नाफा वृद्धिदर भने ८.२ प्रतिशत रहेको छ ।

नेपाल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआइ, एभरेष्ट, माछापुच्छ्रे, लक्ष्मी, ग्लोबल आइएमई, एनएमबि, सानिमा गरी ९ बैंकले नाफा बढाउन सफल भएका छन् । राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टर्ड, हिमालयन, एनआईसी एशिया, कुमारी, सिद्धार्थ, कृषि विकास, सिटिजन्स, र प्राइम गरी ७ बैंकको नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x