Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नेपाल अन्तराष्ट्रिय व्यापार मेला–२०२५ को तयारी अन्तिम चरणमा

नेपाल अन्तराष्ट्रिय व्यापार मेला–२०२५ को तयारी अन्तिम चरणमा

काठमाडौं, ९ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेला–२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी महासंघले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको यो दशौ संस्करण हो । जुन यो वर्ष २०८२ बैशाख २५ देखि २९ गते सम्म भृकुटीमण्डपमा आयोजना हुनेछ ।

मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टलहरु हुनेछन् भने र थाइल्याण्डको सहभागिता रहने महासंघले जनाएको छ ।
महासंघका अनुसार मेलामा मेड इन नेपाल पेभेलियन तथा बस्तुगत संघहरुको पेभेलियन रहने छ । महासंघले २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरेको थियो । मेलामा कुल ३०० भन्दा बढी स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने आयोजकको भनाई छ ।

मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्टिकल्स तथा अटो मोबाइल्स, फूडएण्ड वेभरेज, मिल्क प्रोडक्ट, किचन वेयर, गार्मेन्टस्, समट ंबाच, तथा बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गार्मेेन्ट्स लगायतका स्टलहरु रहनेछन् । मेलामा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरु, बस्तुगत संघहरुका उत्पादनहरु, साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (इभी) गाडीहरु समेत राखिने छ । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकर्तासगं प्रत्यक्ष अन्तरकृया गराउने सक्ष्य समेत रहेको छ ।

मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निमार्ण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।  मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसग भेटघाट तथा द्विपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजारले अबलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।

विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराईने छ । यो मेलाले नेपाली उत्पादनहरुको अन्तरष्ट्रिय बजार पर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्याउने विश्वास महासंघले लिएको छ ।

मेलामा जेष्ठ नागरिक तथा फरक रुपले असक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x