Date

मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

नेतृत्व विहिन अवस्थामा नेपाल राष्ट्र बैंकले मनायो ७० औं वार्षिकोत्सव

नेतृत्व विहिन अवस्थामा  नेपाल राष्ट्र बैंकले मनायो ७० औं वार्षिकोत्सव

काठमाडौं, १४ वैशाख । बैङकिङ्ग क्षेत्रमा मुलुकको जेठो बैंकको रुपमा स्थापित नेपाल राष्ट्र बैंक ६९ वर्ष पूरा गरी ७० वर्षमा प्रवेश गरेको छ । केन्द्रीय बैंकको रूपमा बैंकिङ तथा समग्र मौद्रिक क्षेत्रको नेतृत्व गरिरहेको राष्ट्र बैंकले आइतबार ७० औं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवका अवसरमा डेपुटी गभर्नर बम बहादुर मिश्रले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

विशेषगरी नेपालको तराई क्षेत्रमा नेपाली रुपैयाँको प्रचलन व्यापक गराएर भारुको सटही दर स्थिर बनाउने उद्देश्यले तत्कालीन राजा महेन्द्रबाट २०१३ वैशाख १४ मा यस बैंकको स्थापना भएको थियो । बैंक तथा वित्तीय संस्थाहरूको नियमन, निरीक्षण र सुपरिवेक्षकीय क्षमता बढाउन राष्ट्र बैंकले प्रभावकारी संयन्त्र परिचालन गर्दै आएको छ । कार्यक्रममा डेपुटी गभर्नर मिश्रले मुलुकको समष्टिगत आर्थिक स्थायित्व मार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माणमा प्रतिवद्ध रहेको बताए ।

वार्षिकोत्सवको अवसरमा पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षत्रीलाई सभाको अध्यक्ष एवं कामु गभर्नर डा निलम ढुंगाना निमल्सिनाले दोसल्ला ओढाई सम्मान गरेकी थिइन् । कार्यक्रममा बैंकका कार्यरत सर्वश्रेष्ठ कर्ममचारी एवं उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरिएकोे थियो ।

सो अवसरमा २०८० वैशाख यता राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त भएका कर्मचारी एवं खेलकुद लगायत अन्य विधामा पनि उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा विभिन्न कर्मचारी संगठनका पदाधिकारीहरुले हाल सरकारले गभर्नर नियुक्त गर्न नसकेको एवं आफ्नो नयाँ भवनमा समेत कर्मचारीलाई स्थानान्तरण नगरिएको प्रति गुनासो व्यक्त गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *