विद्युत् प्राधिकरणको श्वेतपत्र आज सार्वजनिक नहुने

काठमाडौं, १६ वैशाख। नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र आज सार्वजनिक नहुने भएको छ ।
कार्यकारी निर्देशक हितेन्द्रदेवको सचिवालयले प्राविधिक कारणले श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बतायो ।
सरकारको बर्खास्तीमा परेका कुलमान घिसिङको पालामा भएगरेका आर्थिक एवं प्राविधिकलगायतका विवरण समेटेर आज दिउँसो श्वेतपत्र निकाल्ने प्राधिकरणको तयारी थियो । सचिवालयले ‘अब अर्को सूचना नआउँदासम्म’ लाई स्थगित गरेको बताएको छ ।
कुलमान घिसिङले नाफा देखाएकोमा हालका निर्देशक शाक्यको श्वेतपत्रमा घाटाको विवरण उल्लेख छ । ५ अर्ब २६ करोड सञ्चित घाटासहितको श्वेत पत्र तयार भएको स्रोत बताउँछ
प्राधिकरणले चालू आवको फागुन मसान्तसम्म भएका ठेक्कापट्टा अन्तर्गत ११ अर्ब ६१ करोडको बिल भुक्तानी गर्न बाँकी नै छ ।