Date

मङ्ल, बैशाख २३, २०८२
Tue, May 6, 2025

विदेशी मुद्राको विनिमयदर यथावत्, अमेरिकी डलरदेखि कुवेती दिनारसम्म दर निर्धारण

विदेशी मुद्राको विनिमयदर यथावत्, अमेरिकी डलरदेखि कुवेती दिनारसम्म दर निर्धारण

काठमाडाैं, २२ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको दर आइतबारको जस्तै स्थिर रहँदै खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम गरिएको छ। यो दरमा कुनै परिवर्तन देखिएको छैन।

युरोपेली युरोको खरिददर १५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २३ पैसा र बिक्रीदर १८० रूपैयाँ ०३ पैसा रहेको छ। यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ३४ पैसा र बिक्रीदर १६४ रूपैयाँ ०६ पैसा कायम गरिएको छ।

अन्य प्रमुख देशका मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा रहेको छ। सिङ्गापुर डलरको खरिददर १०४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।

एशियाली मुलुकहरूमध्ये जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५७ पैसा र बिक्रीदर १८ रूपैयाँ ६५ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ। यस्तै, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा छ।

थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा रहेको छ। युएई दिरामको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा रहेको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा रहेको छ। स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४ रूपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४५ पैसा र बिक्रीदर २० रूपैयाँ ५४ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा निर्धारण गरिएको छ। कुवेती दिनारको खरिददर ४४० रूपैयाँ १९ पैसा र बिक्रीदर ४४२ रूपैयाँ १५ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३५८ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रूपैयाँ ७८ पैसा कायम गरिएको छ। ओमानी रियाल एकको खरिददर ३५० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३१ पैसा रहेको छ।

यसैगरी, १०० भारतीय रूपैयाँको विनिमयदर पनि यथावत् राखिएको छ। जसअनुसार यसको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा निर्धारण गरिएको छ। नेपाल राष्ट्र बैंकले जनाएअनुसार विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिनेछ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको जानकारीअनुसार, वाणिज्य बैंकहरूले तय गर्ने विनिमयदर खुला बजारको आपूर्ति र मागको आधारमा केही फरक हुनसक्ने उल्लेख गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *