Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

पिपुल्स पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति प्राप्त गर्यो

पिपुल्स पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति प्राप्त गर्यो

काठमाडाैं, २ जेष्ठ । पिपुल्स पावर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। कम्पनीले सेबोनमा १:०.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नका लागि आवेदन दिएको थियो।

यो अनुमति प्राप्त भएपछि कम्पनीले अब ३१ लाख ६३ हजार कित्ता सेयर जारी गर्न सक्नेछ। हकप्रद सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यस अनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ।

हाल पिपुल्स पावरको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले लिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *