Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

हिलटेक प्लास्टिक एण्ड पाइप इन्डस्ट्रिजको ९ महिनामा २५ करोड ३० लाख रुपैयाँ कारोबार

हिलटेक प्लास्टिक एण्ड पाइप इन्डस्ट्रिजको ९ महिनामा २५ करोड ३० लाख रुपैयाँ कारोबार

काठमाडौं, ११ जेष्ठ । हिलटेक ब्राण्डको पानी ट्यांकी र प्लम्बिङ प्रडक्ट उत्पादन गर्ने हिलटेक प्लास्टिक एण्ड पाइप इन्डस्ट्रिजले सन् २०२४/२५ को नौ महिनामा २५ करोड ३० लाख रुपैयाँको (अपरिष्कृत) कारोबार गरेको छ। कम्पनीले गत वर्ष २०२४ मा ३५ करोड रुपैयाँको कारोबार गरेको थियो, जसअघि सन् २०२३ मा ४४ करोड ४० लाख र सन् २०२२ मा ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो।

कम्पनीको मुख्य आम्दानी एचडीपीइ (HDPE) पाइप, डीडब्लूसी (DWC) पाइप र पीपीआर (PPR) पाइपबाट हुने गरेको छ। यद्यपि पछिल्लो समय बढ्दो प्रतिस्पर्धा, आर्थिक मन्दी र सरकारी ठेक्कामा कम सहभागिता जनाउनु परेका कारण कम्पनीको व्यापार विस्तारमा केही रोकिएको देखिएको छ।

हिलटेकले हालै बैंकिङ कर्जाका लागि ८० करोड रुपैयाँको क्रेडिट रेटिङ इन्फोमेरिक्सबाट प्राप्त गरेको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *