Date

सोम, जेष्ठ २६, २०८२
Mon, June 9, 2025

अमेरिकाबाट डिपोर्ट गरिएका ३७ जना नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका ३७ जना नेपाली काठमाडौं आइपुगे

काठमाडाैं, २६ जेष्ठ । अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा डिपोर्टमा परेका ३७ जना नेपाली नागरिक आइतबार राति काठमाडौं आइपुगेका छन्। ३२ पुरुष र ५ महिला रहेका उनीहरूलाई अमेरिका सरकारले विशेष चार्टर्ड जहाजमार्फत नेपाल फर्काएको हो।

अमेरिकाले ओम्नी एयर इन्टरनेसनल नामक कम्पनीको कल–साइन एन–४८६ एएक्स भएको जहाज चार्टर गरी उनीहरूलाई आइतबार मध्यराततिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो। विमानस्थलमा अवतरण गरेपछि उनीहरूको आवश्यक अध्यागमन प्रक्रिया पूरा गरिएको छ।

कसरी परे डिपोर्टमा?

डिपोर्टमा परेकाहरूले अमेरिकी अध्यागमन नियम उल्लंघन गरेका थिए। भिसा प्रक्रिया पूरा नगरी अमेरिका प्रवेश गर्ने, भिसाको अवधि सकिएपछि पनि बसिरहने, वा समाजमा अनुशासनहीन व्यवहार देखाउने जस्ता कारणले अमेरिकाले उनीहरूलाई पक्राउ गरी आफ्नै देश फर्काउने प्रक्रिया थालेको हो।

ट्रम्प प्रशासनपछि बढ्दो डिपोर्ट संख्या

डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता, अमेरिकाबाट डिपोर्टमा पर्ने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। अमेरिकी अध्यागमन विभागका अनुसार ट्रम्पको कार्यकाल सुरु भएयता कम्तीमा १७७ जना नेपाली विभिन्न कारणले डिपोर्टमा परेका छन्।

नेपाली सरकारको मौनता र तयारी

डिपोर्टमा परेका नेपालीहरूको स्वागत र पुनःस्थापनाका लागि नेपाल सरकारबाट कुनै औपचारिक योजना वा प्रतिक्रिया सार्वजनिक गरिएको छैन। अध्यागमन विभाग र गृह मन्त्रालयका अधिकारीहरूले नियमित प्रक्रिया अनुसार कार्य भइरहेको जानकारी दिएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *