Date

शनि, जेष्ठ ३१, २०८२
Sat, June 14, 2025

नेपाली बजारमा सुनको मूल्य पुनः वृद्धिमा, चाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनको मूल्य पुनः वृद्धिमा, चाँदीको मूल्य घट्यो

काठमाडाैं, २९ जेष्ठ ।नेपाली बजारमा बिहि बार पनि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। बुधबार प्रतितोला १,३०० रुपैयाँले बढेको सुनको मूल्य आज अर्थात बिहिबार पुनः १,६०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको छ। यसअघि बुधबार सोही सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा लगातार वृद्धि भइरहे पनि चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला २,१६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ घटेर प्रतितोला २,१५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *