Date

आइत, असार १, २०८२
Sun, June 15, 2025

प्रतिनिधिसभाको बैठक आज ३ बजे तय, विपक्षीको अवरोधकै कारण अन्योल

प्रतिनिधिसभाको बैठक आज ३ बजे तय, विपक्षीको अवरोधकै कारण अन्योल

काठमाडाैं, २९ जेष्ठ । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने तय भएको छ। तर, प्रमुख विपक्षी दलहरूको निरन्तर अवरोधका कारण बैठक सञ्चालन हुनेमा अन्योल कायमै छ।

आजको बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु गर्न प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयक, २०८२ सम्बन्धी प्रतिवेदन पेश गर्ने तयारी गरेका छन्।

बैठकको कार्यसूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीहरूको कार्यविभाजनसम्बन्धी पत्रवाचन पनि समावेश गरिएको छ।

तर, संसदको कामकाज भने प्रमुख विपक्षी दलहरूको अवरोधका कारण ठप्प छ। उनीहरूले गृहमन्त्री रमेशकुमार लेखकको राजीनामा र ‘भिजिट भिसा प्रकरण’मा छानबिनको माग गर्दै सदन अवरुद्ध गरिरहेका छन्।

सभामुख देवराज घिमिरेको पहलमा भएका पटक–पटकका संवाद प्रयासहरूबाट समेत समाधान ननिस्किएपछि आजको बैठक सुचारु हुनेमा गम्भीर शंका उब्जिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *