सुनको मूल्यमा एकैदिन ४,२०० रुपैयाँको ठूलो वृद्धि, चाँदी पनि महँगियो

काठमाडाैं, ३० जेष्ठ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा एकैदिन ४,२०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन (हल्लमार्क गोल्ड) प्रतितोला १९७,१०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यो दर १९२,९०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य १५ रुपैयाँले बढेर २,१६५ रुपैयाँ प्रति तोला पुगेको छ।