Date

मङ्ल, असार ३, २०८२
Tue, June 17, 2025

वीरगञ्ज भन्सारले एघार महिनामै वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन

वीरगञ्ज भन्सारले एघार महिनामै वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन

काठमाडाैं, २ असार । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठ महिनासम्मको एघार महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले कुल १ खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो संकलन भन्सार विभागले निर्धारण गरेको वार्षिक लक्ष्यको झण्डै ७९ प्रतिशत हो।

भन्सार विभागले वीरगञ्ज भन्सारका लागि चालु आर्थिक वर्षभरि २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। यो लक्ष्यअनुसार कार्यालयले एघार महिनामै उल्लेखनीय राजस्व उठाउन सफल भएको छ।

कार्यालयका तथ्यांकअनुसार महिनावार राजस्व संकलन क्रमशः साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड, फागुनमा १४ अर्ब ६३ करोड, चैतमा १५ अर्ब ४७ करोड, वैशाखमा १५ अर्ब ७२ करोड, र जेठ महिनामा सबैभन्दा धेरै १८ अर्ब १८ करोड रुपैयाँ रहेको छ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आर्थिक वर्षको अन्त्यतिर आगामी बजेटप्रति भएको उत्साह र बजारमा देखिएको गतिशीलता तथा सवारीसाधन र पेट्रोलियम पदार्थको आयातले राजस्व वृद्धिमा ठूलो योगदान दिएको बताए। उनका अनुसार जेठ महिनाको संकलन मात्राले यस वर्षको समग्र राजस्व संकलन लक्ष्य पुग्ने सम्भावना बलियो बनेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *