Date

शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

‘बालबालिका तथा युवाहरूलाई अनुशासित बनाउन स्काउटको भूमिका महत्वपूर्ण’

‘बालबालिका तथा युवाहरूलाई अनुशासित बनाउन स्काउटको भूमिका महत्वपूर्ण’

काठमाडौं, ५ असार ।  नेपाल स्काउटले आफ्नो ७४ औँ स्थापना दिवस मनाएको छ । बिहीबार एक विशेष कार्यक्रमबीच स्काउटले ७४ औँ स्थापना दिवस मनाएको  हो ।

उक्त नेपाल स्काउटको ७४ औँ स्थापना दिवस मूल समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपाल स्काउटले युवा पुस्तामा शारीरिक, मानसिक, बौद्धिक तथा नैतिक शिक्षाको माध्यमबाट नेतृत्व विकास र सामाजिक सेवाको भावना विकास गर्दै आएको भन्दै प्रशंसा गरे ।

उनले आगामी दिनमा नेपाल स्काउटले सामाजिक सेवा, प्राकृतिक विपद् व्यवस्थापन तथा उद्धार कार्यमा युवायुवतीको सहभागिता बढाउनेतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘नेपाल स्काउटले युवाहरुलाई शारीरिक, मानसिक, बौद्धिक तथा नैतिक शिक्षा प्रदान गर्दै नेतृत्व विकास र सामाजिक सेवातर्फ प्रेरित गर्नु आफैंमा प्रशसनीय छ । संस्थाले देश वा राष्ट्रप्रेम तथा श्रमसेवा जस्ता महत्वपूर्ण मूल्य मान्यताहरु युवाहरुमा विकास गर्न सफल हुने भएकाले समाजलाई सकारात्मक दिशा प्रदान गर्नु हो ।’

त्यसैगरी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको योगदानको प्रशंसा गर्दै संस्थाले बालबालिका तथा युवाहरूलाई अनुशासित नागरिकका रूपमा तयार पार्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

उनले भने,‘नेपाल स्काउटले शैक्षिक जागरणमार्फत युवाहरूको चरित्र निर्माणमा उल्लेखनीय कार्य गर्दै आएको छ । यस संस्थाले विभिन्न उतारचढाव पार गर्दै नयाँ ऊर्जा र रणनीतिक लक्ष्यसहित अगाडि बढिरहेको छ ।’

मन्त्री चौधरीले आगामी योजना उल्लेख गर्दै सन २०२५ देखि २०२८ सम्मका लागि स्पष्ट कार्ययोजना तय भइसकेको र सन् २०३२ सम्म नेपालभर ७ लाख स्काउट सदस्य विस्तार गर्ने लक्ष्यसहितको रणनीति अघि बढाउने निर्देशन समेत दिए ।

उनले भने, ‘सन २०२५ देखि २८ का लागि स्पष्ट कार्यक्रम खाँका तयार गर्न र महत्वपूर्ण उपलब्धि हासिल गर्न नेपाल स्काउट सफल भएको छ । अब यसको व्यापक विस्तारका लागि २०३२ सम्ममा सात लाख संस्था पुर्याउनको लागि कार्य योजनासहित अगाडि बढ्न नेपाल स्काउटको नेतृत्वलाई निर्देशन दिन्छु ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *