Date

बिहि, साउन २२, २०८२
Thu, August 7, 2025

नेपाल राष्ट्र बैंकद्वारा शुक्रबारको विदेशी विनिमय दर सार्वजनिक: डलरको भाउमा पुनः वृद्धि

नेपाल राष्ट्र बैंकद्वारा शुक्रबारको विदेशी विनिमय दर सार्वजनिक: डलरको भाउमा पुनः वृद्धि

काठमाडाैं, ६ असार । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विभिन्न विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलरको खरिद तथा बिक्री दर दुवैमा सामान्य वृद्धि भएको छ। केन्द्रीय बैंकले तोकेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा कायम भएको छ।

आज युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ०० पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा तोकिएको छ। यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा कायम गरिएको छ।

अन्य प्रमुख मुद्राहरूमध्ये अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९९ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा तोकिएको छ भने सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा कायम भएको छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।

खाडी राष्ट्रका मुद्राहरूको विनिमय दरमा साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा रहेको छ। केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४ रुपैयाँ २४ पैसा तोकिएको छ। यस्तै, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा, र मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।

अन्य मुद्राहरूमध्ये साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा कायम भएको छ। स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४ रुपैयाँ ४३ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३२ पैसा र बिक्रीदर २१ रुपैयाँ ४१ पैसा रहेको छ।

साथै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६६ पैसा, र ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६१ रुपैयाँ १७ पैसा रहेको छ।

नेपाली बजारमा सर्वाधिक प्रयोग हुने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ ०० पैसा र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *