Date

शनि, असार ७, २०८२
Sat, June 21, 2025

शुक्रबार सुनको मूल्यमा भारी गिरावट, चाँदी पनि सस्तियो

शुक्रबार सुनको मूल्यमा भारी गिरावट, चाँदी पनि सस्तियो

काठमाडाैं, ६ असार । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। बिहीबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला ८०० रुपैयाँले थप घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाला सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसरी हेर्दा आज सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा ८०० रुपैयाँको भारी गिरावट आएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला २ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १५० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *