Date

शनि, असार ७, २०८२
Sat, June 21, 2025

नेपालीहरु सबैभन्दा पीडित अनुशासनका कारण छन् : प्रधानमन्त्री

नेपालीहरु सबैभन्दा पीडित अनुशासनका कारण छन् : प्रधानमन्त्री

काठमाडौं, ७ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनको समस्याले नेपालीहरु पीडित रहेको बताएका छन् ।  शनिबार ललितपुरमा आयोजित ११ औं विश्व योग दिवस, २०२५ को मूल समारोह कार्यक्रममा बोल्दै उनले अनुशासन योगको पहिलो सुत्र रहेको बताउँदै अनुशासनमा बस्न नसके ज्ञान पनि काम नलाग्ने बताएका हुन् ।

उनले भने, ‘योग भन्नेवितिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित के मा छ भने अनुशासनको समस्याले गर्दा छ ।  अनुशासन योगको पहिलो सुत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञान, ध्यानले केही पनि हुँदैन । ध्यान गर्दा पनि अनुशासन चाहिन्छ, हरेक चिजको अनुशासन हुन्छ ।’

प्रधानमन्त्री ओलीले अहंकारधारीहरुले योगको यम र नियममात्र बुझिदिए देशमा हिंसा नहुने बताए ।    ‘यदी हतियारधारीहरुले, अहंकारधारीहरुले यम र नियममात्र बुझिदिए हतियारबाट केही खतरा हुन्न् । बन्दुक आफै पड्किदैन । त्यसमा गोली हुन्छ । त्यो बहुतै खतरनाक हुुन्छ । अहंकारले हतियार बनाउँछ त्यसले विनास गर्छ र विनासमा रमाउँछ,’उनले भने ।

यस्तै कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले योग वैद्धिक संस्कृतिको मात्र रहेन यो विश्वभरको साझा जिवनपद्धतीको रुपमा अगाडी बढेको बताए । उनले भने,‘योग र ध्यानलाई वैद्धिक चिन्तनलाई हामीले हाम्रो देशको बौद्धिक सम्पदाको रुपमा अगाडि बढाउनुपर्छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *