राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ निक्षेप संकलनको आह्वान

काठमाडाैं, ८ असार । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ। बजारमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ४२ दिन अवधिका लागि निक्षेप संकलनको बोलकबोल आह्वान गरेको हो।
यस निक्षेप संकलन प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। बोलकबोल आजै (जेठ ८ गते) आइतबार दिउँसो ३ बजे हुनेछ।
सहभागी संस्थाहरूले बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म रकम राख्न सक्नेछन्। यसको सावाँ तथा ब्याज २०८१ साउन १८ गते भुक्तानी गरिनेछ। यस निक्षेप संकलनको ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत नै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ।