Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनको कार्यान्वयन अवस्था पुनरावलोकन गरिने

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनको कार्यान्वयन अवस्था पुनरावलोकन गरिने

काठमाडाैं, १९ असार । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कार्यान्वयन अवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ।

समितिको बैठकले मानव बेचबिखनका सम्भावित घटनाहरूलाई रोक्न र पीडितहरूलाई न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले ऐनको कार्यान्वयनको समीक्षा गर्ने सहमति गरेको हो।

समितिका अध्यक्ष किरणकुमार शाहले भन्नुभयो, “आजको समितिको बैठकले मानव बेचबिखनका पीडितहरूको मर्यादा, स्वतन्त्रता र मौलिक अधिकारको रक्षा गर्न तथा विश्वव्यापी सञ्जाल रहेको यो संगठित अपराधका दोषीहरूलाई कानुनको दायरामा ल्याउनका लागि ऐनको कार्यान्वयनको पुनरावलोकन गर्ने सहमति गरेको छ।”

यो समीक्षाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा देखिएका कमीकमजोरीहरू पहिचान गरी त्यसलाई सुधार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *